निर्वाचनमा बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग

काठमाडौँ - निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ ।  तर, आचारसंहिताको  उक्त  व्यवस्थालाई  बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले आफ्नो भेला तथा -यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएको छ ।

आचारसंहिताको उक्त व्यवस्थालाई  बेवास्ता  गरेर  बालबालिकाको  अत्यधिक  प्रयोग  गर्नेमा  नेकपा  (एकीकृत  समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अग्रपङ्क्तिमा  छन् ।

निर्वाचन  आयोगका  आयुक्त  रामप्रसाद  भण्डारीले  वस्तुगत  रूपमा  प्रमाण  पुग्यो  र  आचारसंहिताविपरीत  बालबालिकाको  प्रयोग  भएको ठहर भए कानुनबमोजिम कारबाही हुने दाबी गरे ।

आयुक्त भण्डारी केन्द्रीय आचारसंहिता अनुगमन समितिको संयोजक छन् ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।


मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×