पहिलो पटक दैलेख–१ बाट राप्रपा महामन्त्री कुन्ती शाही प्रतिनिधि सभा चुनाव लड्दै

दैलेख - राप्रपाकी महामन्त्री कुन्ती शाही दैलेख क्षेत्र नं.–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेकी छन्। आइतबार दिउँसो १ बजे आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्ने जानकारी उनले गराएकी छन्। 

शाहीले भ्रष्टाचारका विरुद्ध ,स्वाधीन अर्थतन्त्रको पक्षमा, आवाज विहिन गरिब  महिला, युवा, दलित, बृद्ध, किसान, श्रमिकका पक्षमा आफ्नो उम्मेदवारी रहेको बताएकी छन्। ‘दैलेखलाई पर्यटन प्रबर्द्धन, बलियो पुर्वाधार,आधुनिक कृषि, व्यवस्थित विद्युतिय उर्जाबाट सबल र सक्षम दैलेख बनाउनु छ,’उनले भनेकी छन्,‘ राजनीतिलाई पेशा होईन समाजका हरेक नागरिकको सेवामा रुपान्तरण गर्नको लागि मेरो उम्मेदवारी हो। पार्टीभन्दा माथी उठेर जनताको हित र समाजको लागि काम गर्नेछु।’

उसो त पार्टी केन्द्रमा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ। तर दैलेख १ मा भने एमालेबाट रवीन्द्रराज शर्मा प्रतिनिधि सभाको लागि रवीन्द्रराज शर्मा उम्मेदवार बनिसकेका छन्। उता सत्तारुढ गठबन्धनबाट भने एकीकृत समाजवादीका अम्मर बहादुर थापा यही क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। उनले दुई पाका नेताहरुसँग प्रतिस्पर्धा गर्न भने निकै मेहनत गर्नुपर्ने हुन्छ। 

पुर्व राज्यमन्त्री समेत भइसकेकी कुन्ती शाहीले अहिलेसम्म प्रत्यक्ष चुनाव जितेकी छैनन्। उनी यसअघि दुई पटक सभासद भइसकेकी छन्। गत ०७४ को चुनावमा कांग्रेस र राप्रपाको गठबन्धन समेत उनी आफु उठ्न सकिनन्। आफ्ना दाजु दीपक कुमार शाहीलाई उठाएर समानुपातिकमै बसेकी उनी अहिले भने प्रत्यक्ष चुनाव लड्ने तयारी थालेकी हुन्। ०७४ मा कांग्रेसको सहयोगमा उम्मेदवार बनेका राप्रपाका दीपक कुमार शाहीले १७ हजार २५२ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी एमालेका रवीन्द्रराज शर्मा २३ हजार ७७३ मतसहित विजय प्राप्त गरेका थिए।  

कुन्ती शाही तिनै व्यक्तिमा पर्दछन्, जसले दैलेखबाट राष्ट्रिय राजनीतिमा राम्रो छवि बनाउन सकिन्। ठुला राजनीतिक दल मानिएका कांग्रेस, एमालेबाट कुनै पनि नेताले अहिलेसम्म राष्ट्रिय राजनीतिमा पकड जमाउन सकेका छैनन्। अनेरास्ववियुमा राजनीतिक पाइला टेकेकी उनी ०४७ सालमा राप्रपामा लागेकी थिइन्। राप्रपा भित्रपनि निकै संघर्ष गरेका शाही उनी तीन दश पछि राप्रपाको महामन्त्री पदमा पुगिन्। उनको पारिवारीक पृष्ठभूमि पञ्चायती राजनीतिबाट आएकाले उनी राप्रपाको राजनीतिमा समावेश भएकी थिइन्। उनी विद्यार्थी राजनीतिमा हुँदा नेपालगन्जको महेन्द्र बहुमखी क्याम्पसमा निकै लोकप्रियता कमाएकी थिइन्। अहिलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विद्यार्थी राजनीति संघको अध्यक्ष हुँदा कुन्ती उपाध्यक्ष थिइन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×