राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्दैछ ।

बैठकमा केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेस क्षेत्रमा सञ्चालन गरिएको प्रशिक्षणको समीक्षा, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्ययोजना तथा बृहत् राष्ट्रवादी मोर्चा निर्माणबारे छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाबारे धारणा राख्नेछन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×