काठमाडौँ - पोखरालाई पर्यटन राजधानी घोषणा गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्मर मर्काएका छन्। आइतबार पोखराको बाराहीघाटस्थित आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले छमछमी नाँचेका हुन्। उनी सार्वजनिक कार्यक्रममा विरलैै नाँचेको देखिन्छ।
गायक प्रकाश सपूतको ‘गलबन्दी च्यातियो’ गीतमा प्रधानमन्त्री दाहालसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी सभामुख कृष्णप्रसाद धिताल, गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले नाचेका थिए।
पोखरालाई पर्यटनको राजधानी घोषणा कार्यक्रमा गायक सपूतले २ वटा गीत प्रस्तुत गरे। पञ्चेबाजाको गीत ‘माकुरमाकुर घुर’ बाट प्रस्तुती सुरुवात गरेका प्रकाशसँग पोखरेली मज्जैले झुमे।