‘नेपालको आधिकारिक तथ्याङ्क : समस्या र पहिचान’ पुस्तक विमोचन

काठमाडौँ। राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको ‘नेपालको आधिकारिक तथ्याङ्क : समस्या र पहिचान’ पुस्तक विमोचन गरिएको छ। विभागले आज भर्चुअल माध्यमबाट यहाँ आयोजना गरेको कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठ र त्रिभुवन विश्वविद्यालय केन्द्रीय तथ्याङ्क विभागका प्रमुख प्राडा गौरी श्रेष्ठले संयुक्त रूपमा पुस्तकको विमोचन गरे।

कार्यक्रममा महानिर्देशक श्रेष्ठले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा आधिकारिक तथ्याङ्क सङ्कलन, सही उपयोग, तथ्याङ्कले समाजमा पार्ने प्रभावबारे पुस्तकमा राखिएकाले पुस्तक पठनीय भएको बताए। त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख प्राडा श्रेष्ठले आधिकारिक तथ्याङ्क देश तथा विदेशमा काम लाग्ने भएकाले तथ्याङ्क सङ्कलनमा चनाखो हुनुपर्ने बताए।

नेपाल कमर्स क्याम्पसका उपप्राध्यापक डिलाराम भण्डारीले तथ्याङ्कको महत्व, यसको प्रयोग, नीतिनियम र राज्यले तथ्याङ्कसम्बन्धी अपनाउनुपर्ने रणनीतिका बारेमा सुझाव दिए। उनले सही तथ्याङ्क सङ्कलन गर्नका लागि केन्द्रीय तथ्याङ्क विभाग, त्रिवि र नेपाल सरकारबीच सहकार्य हुनुपर्ने बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×