छुट्टीए दक्षिण भारतीय कलाकार धनुष र उनकी श्रीमति ऐश्वर्या रजनीकान्त

भारत। दक्षिण भारतीय कलाकार धनुष र उनकी श्रीमति ऐश्वर्या रजनीकान्त छुट्टिने भएका छन्। ऐश्वर्या दक्षिण भारतीय सुपरस्टार रजनीकान्तकी छोरी हुन्। रजनीकान्तकी छोरी र ज्वाइँ विवाह गरेको करिब १८ वर्षपछि छुट्टिने भएका हुन्। यो कुराको जानकारी सामाजिक सञ्जालमार्फत दिइएको हो। 

धनुषले सञ्जालमा लेखेका छन् ‘हामी १८ वर्ष सँगै रह्यौं । यो समय हामी साथी, आमाबाबु, जोडी र एकअर्काको साथी बनेर बस्यौं। यो यात्रामा हामीले अगाडि बढ्नका लागि एकअर्कालाई सम्झियौं र धेरै कुरा भयो। आज हाम्रो बाटो अलग्गिँदैछ। म र ऐश्वर्या एक जोडीका रुपमा अलग हुँदैछौँ। हामी अहिले हरेक विषयलाई अलग–अलग किसिमले सम्झिने कोशिस गरिरहेका छौँ। कृपया हाम्रो यो निर्णयको सम्मान गर्नुहोला र गोपनियताको अवसर दिनुहोला।’

जोडी सन् २००४ मा वैवाहिक बन्धनमा बाँधिएको थियो। विवाह हुँदा धनुष २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन्। दुवैको विवाह तमिल परम्परा अनुसार भएको थियो। उनीहरुका यात्रा राजा र  लिंगा राजा नाम गरेका दुई छोरा छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×