टी ट्वेन्टी विश्वकप: आज वेस्ट इण्डिज र स्कटल्याण्ड भिड्ने, जिम्बावेले आयरल्याण्डको सामना गर्ने

काठमाडौँ - अष्ट्रेलियामा जारी टी-ट्वेन्टी विश्वकपमा आज वेस्ट इण्डिज र स्कटल्याण्ड भिड्दैछन्। यस संस्करणको विश्वकपको यो दोस्रो दिनको तेस्रो खेल हो।

खेल नेपाली समयअनुसार आज बिहान ९:४५ मा सुरु हुनेछ। २ पटक एकदिवसीय र २ पटक टी-ट्वेन्टी विश्वकप विजेता टोली वेस्ट इण्डिज पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ।

टेस्ट राष्ट्रमध्ये वरीयतामा पुछारमा रहेका कारण वेस्ट इण्डिजले क्वालिफायर राउण्ड खेल्नुपरेको हो। क्वालिफायर अथवा समूह चरणको खेलबाट उत्कृष्ट २ टोली सुपर १२ मा पुग्नेछन्। आजै जिम्बावे र आयरल्याण्ड पनि भिड्दैछन्। यो विश्वकपको चौथो खेल आज दिउँसो १:४५ बाट सुरु हुनेछ।

यसअघि हिजो भएको श्रीलङ्का र नामिबियाबीचको खेलमा नामिबिया ५५ रनले विजयी भएको थियो। यस्तै यूएई र नेदरल्याण्डसबीचको खेलमा नेदरल्याण्डस ३ विकेटले विजयी भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×