काठमाडौँ। नेपाली महिला क्रिकेट टोलीले आईसीसी ट्वान्टी–२० महिला विश्वकपमा एसियाली छनोट प्रतियोगितामा भुटानविरुद्ध पहिला बलिङ गर्ने भएको छ। दुबईको आईसीसी क्रिकेट एकेडेमीको ग्राउन्ड टुमा भुटानले टस जितेर नेपाललाई बलिङ गर्ने निम्तो दिएको हो।
यसअघि, नेपाल पहिलो खेलमा हङकङविरुद्ध ६ विकेटले पराजित भएको थियो भने भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो।
६ टोली सहभागी एसियन क्वालिफायरबाट विजेता एक टोली मात्र ग्लोबल छनोटमा पुग्ने भएकाले नेपालको यात्रा कठिन बनेको छ।