खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण

काठमाडौँ - मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको  खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण भएको छ।

अन्तर्राष्ट्रिय सहयोगी संस्था हेल्पिङ ह्याण्ड फर रिलाईफ एण्ड डेभलपमेन्टले करिब रु छ लाख लागतमा सो परियोजना सम्पन्न भएको हो। विद्यालयका विद्यार्थीलाई खानेपानी पिउन  परियोजनाले धेरै मद्दत गर्ने परियोजनाका निर्देशक इलियास हसन चौधरीले जानकारी दिए। रतुवामाई नगर प्रमुख रविन राईले  परियोजनाबाट तयार भएको प्लान्टले विद्यार्थी र विद्यालयका कर्मचारीलाई खानेपानीको सुविधा पुगेको बताए।

पछिल्लो समयमा मानिसले जारको पानी खाने प्रचलन बढिरहेको अवस्थामा परियोजनाबाट तयर गरिएको प्लान्टबाट शुद्ध खानेपानी विद्यार्थीले पिउन पाएकोमा नगर प्रमुख राईले  खुसी व्यक्त गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×