काठमाडौं । प्रहरीले ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारीलाई भारतमा पक्राउ गरी नेपाल ल्याइएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का प्रवक्ता होविन्द्र बोगटीले उनीहरूलाई भारतमा पक्राउ गरेर काठमाडौं ल्याएको बताए । उनीहरूको न्युरोडाम सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ । तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ परेका थिए । थप दुई जना पक्राउ परेसँगै ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।
जसमा सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, धिरज दिनेश वैटे ‘दिनेश’ प्रशान्त गणेश वजवलकार, सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री, बैजनाथ ब्रम्हादत्त गोयल, राजु थापा भन्ने प्रेमनाथ सेढाईं, कान्छा लामा, कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने), भीम प्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज सम्शेर जबरा, फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, सुशील ज्याकिबन्जा, कश्यप मानन्धर, लाल बहादुर कुँवर, अरुण कुमार यादव, सोनाम गुरुङ, रूपक भण्डारी र मनोज श्रेष्ठ पक्राउ परेका हुन् ।