कमब्याकमा फ्लप शिल्पा सेठ्ठी

काठमाडौँ - टेलिभिजन सोमा जजको कुुर्सीमा बसेर ‘सुपर से उपर’ भन्दै प्रतिस्पर्धीको तारिफ गर्ने शैलीले बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई दर्शकसँग बिरानो हुन दिएको थिएन। यति मात्र होइन कि उनले यही काम गरिकन नयाँ फ्यान बनाएको पनि अनुमान गर्न सकिन्थ्यो।

तर टेलिभिजनमा उनलाई देखेर दंग पर्ने दर्शक हलमा जाने कष्ट भने गरेनन्। एउटा मात्र होइन, २-२ फिल्ममा शिल्पाले यो नियति भोग्नुपर्यो। अन्ततः बलिउडका अधिकांश अभिनेत्रीको झैँ उनको पनि कबब्याक सम्झन लायक बनेन। 

शिल्पा सेठ्ठीले कम्तिमा एक दशकपछि ‘हङ्गामा २’ मार्फत बलिउडमा कमब्याक गरेकी थिइन्। पहिलाको हिट फिल्मको नाम लिइएको यो फिल्मले उनलाई उद्योगमा पुनस्र्थापित गर्ने धेरैको विश्वास रहेको थियो। तर यो फिल्मले नराम्ररी धोका दियो। अघिल्लो वर्षको जुलाई अन्तिममा रिलिज भएको फिल्मले बक्स अफिसमा ५ करोडको पनि व्यापार गर्न सकेको थिएन। ३० करोड लगानी भएको फिल्म हल रिलिजमा फ्लप मानियो। 

लगभग एक वर्षपछि पर्दामा फर्किएकी शिल्पालाई दोस्रो फिल्म ‘निकम्मा’ले पनि निराश बनायो। ५० करोड हाराहारी लगानीमा बनेको यो फिल्मले पहिलो दिन ७५ लाखको व्यापार गरेको थियो। प्रर्दशनको चौथो दिनसम्ममा यो फिल्मले पनि जम्मा २ करोडको व्यापार गरेको समाचार माध्यमले जनाएको छ।

ठूलो पर्दा लामो समय छाडेर फेरि फर्कने अभिनेत्रीको प्रयास उति सफल देखिएको छैन। सन् ८०-९० को दशकमा राज गरेका श्रीदेवी, माधुरी दीक्षित, करिष्मा कपुर आदिको पनि कमब्याक उति राम्रो भएको थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×