पिकेको बिदाइ खेलमा बार्सिलोनाको सहज जित

काठमाडौँ - स्पेनिस ला लिगा फुटबलको शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले अल्मेरियामाथि सहज जित हात पारेको छ। लिजेण्ड डिफेन्डर जेरार्ड पिकेको अन्तिम बिदाइ गेमसमेत रहेको यो खेलमा बार्सिलोनाले २-० को जित हात पारेको हो।

बार्सिलोनाका लागि डेम्बे र फ्रान्की डी जोङले समान १/१ गोल गरेका थिए। योसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। उसले १३ खेलमा ३४ अंक जोडेको छ।

आफ्नो बिदाइ खेलमा पिकेले ८४ मिनेट मैदानमा बिताएका थिए। खेल सम्पन्न भएपछि उनको सम्मानमा स्ट्यान्डिङ ओभिएसन दिइएको थियो।

बिदाइका क्रममा निकै भावक बनेका पिके सम्हालिन सकेनन् र रुन पुगेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×