कामना सेवा फुटसल कप: प्रि-क्वाटरफाइनल समीकरण पूरा

काठमाडौँ - दोस्रो संस्करणको कामना सेवा फुटसल कपको प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ। हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शुक्रबार समूह चरणको खेल सकिएसँगै प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको हो।

प्रतियोगिता अन्तर्गत समूह ‘ए’ बाट कामना सेवा विकास बैंक समूह विजेता र  लुम्बिनी बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

समूह ‘बी’ बाट माछापुच्छ्रे बैंक विजेता र नेपाल इन्भेस्टमेन्ट बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘सी’ बाट ज्योति विकास बैंक विजेता र प्रभु बैंक उपविजेता बन्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ।

समूह ‘डी’ बाट सिद्दार्थ बैंक विजेता र एनएमबी बैंक उपविजेता बन्दै नकआउट चरणमा पुग्दा समूह ‘ईु’ बाट सानिमा बैंक विजेता र राष्ट्रिय बीमा संस्थान उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

समूह ‘एफ’ बाट हिमालयन बैंक विजेता र कुमारी बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। यस्तै सांग्रिला बैंक, गुर्खास फाइनान्स र महालक्ष्मी विकास बैंक उत्कृष्ट तेस्रो हुँदै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ। कामना सेवा विकास बैंकको आयोजना र खेलपाटी डटकमको व्यवस्थापनमा  जारी प्रतियोगिताको नकआउट चरण र फाइनल खेल शनिबार हुनेछ।

प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको थियो। प्रतियोगितामा पहिलो पटक २ महिला टोलीले सहभागिता जनाएको छ। महिला टोलीमा आयोजक कामना र माछापुच्छ्रे रहेको छ। २ टोलीबीच शनिबार सिधै फाइनल खेल हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×