पाकिस्तान विस्फोटमा मारिनेको संख्या ४४ नाघ्यो

खार - इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा विस्फोट हुँदा पाकिस्तानमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ। उत्तर–पश्चिम बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा विस्फोट हुँदा १ सय जनाभन्दा बढी घाइते भएका छन्।

प्रहरीले यो सम्भावित आत्मघाती विस्फोट भएको प्रमाणहरु फेला परेको जनाएको छ। सबै घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्‍याइएको अधिकारीहरुको भनाई छ। तर मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ। कम्तिमा १५ जनाको अवस्था चिन्ताजनक रहेको छ।

के कारणले विस्फोट गराइयो भन्ने खुलेको छैन। आइतबार अफगानिस्तानको सीमा नजिकै रहेको खारमा अयोजित कार्यक्रममा सयौँको संख्यामा मानिसहरु भाग लिन आएका थिए। 

सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा एक पाल मुनि कार्यक्रम आयोजना भइरहेको बेला स्टेजको छेउमा विस्फोट भएको देखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×