लिभरपुलका लागि सलाहको अन्तिम फाइनल हुन सक्ने सम्भावना

काठमाडौँ - मे २८ मा च्याम्पियन्स लिगको फाइनल खेल हुँदा रियल र लिभरपुल आमनेसामने हुनेछन्। यो लिभरपुलका लागि सलाहको अन्तिम फाइनल हुने सम्भावना पनि छ। उनले क्लबसँग नयाँ सम्झौता गर्न बाँकी छ।

लिभरपुलका प्रबन्धक जर्गेन क्लोप फाइनलका लागि आशावादी छन्। सलाहले क्लबका लागि गरेको काम प्रशंसनीय छ। उनलाई टोलीमा राख्दा ठूलो फरक पर्छ। उनी अझै ‘म्याच’ विजेता हुन्।

सलाह यस सिजन प्रिमियर लिगमा २३ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन्। लिभरपुलबाट खेल्दै उनले पाँच वर्षमा तेस्रो पटक ‘गोल्डेन बुट’ अवार्ड पनि जिते। उनले टोटेनहमका फरवार्ड सन ह्युङ मिनसँग अवार्ड बाँडेका थिए। 

उनीहरूले यस सिजन समान २३ गोल गरेका थिए। प्रिमियर लिगमा समान गोल संख्या हुँदा उपाधि दुवैलाई प्रदान गरिने प्रावधान रहेको छ। सनले टोटेनहमलाई चौंथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट गराउने क्रममा लिगको अन्तिम खेलमा २ गोल गर्दै सिजनको गोल संख्या २३ पुर्‍याएका थिए।

सनले ३५ खेल खेल्दै २३ गोल गरेका हुन्। उनले १ फ्रिकिक गोलसहित ७ असिस्ट प्रदान गरेका थिएका थिए। सन प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी हुन्। यता, दोस्रो स्थानमा रहेर लिग टुंग्याएको लिभरपुलका लागि सलाहले अन्तिम दिन १ गोल गर्दै २३ गोल पुर्‍याएका थिए।

उनले २३ गोल गर्ने क्रममा भने ५ पेनाल्टी प्रहार गरेका थिए। सलाहले सर्वाधिक गोलकर्तासँगै सर्वाधिक असिस्टको पनि उपाधि जितेका छन्। उनले यस सिजन १३ असिस्ट प्रदान गरेका थिए। सलाह यस सिजन उत्कृष्ट फर्ममा रहेका छन् भन्दा गलत हुँदैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×