अमेरिकासँग बराबरीमा रोकियो इंग्ल्यान्ड

काठमाडौँ - विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा इंग्ल्यान्ड अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको छ। पहिलो खेलमा इरानलाई ६-२ गोल अन्तरले पराजित गरेको इंग्लिस टिम अमेरिकाविरुद्ध भने गोलविहीन रह्यो।

अल बायत स्टेडियममा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन्। अमेरिकाविरुद्ध बल पोसेसनमा पकड जमाएपनि इंग्ल्यान्डले गोल गर्न असफल रह्यो।

इंग्ल्यान्डविरुद्ध अमेरिकाले पहिलो हाफमै गोलको राम्रो मौकाबाट चुक्यो। क्रिस्टियन पुलिसिचको प्रहार पोलमा लाग्दा सम्भावित अग्रताबाट अमेरिका चुकेको थियो। बराबरीसँगै इंग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन्।

समूह बीमा रहेको इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ। इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ। अमेरिका २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×