आइसिसी महिला एकदिवसीय विश्वकप : अस्ट्रेलियाको लगातार चौथो जित

काठमाडौँ - आइसिसी महिला एकदिवसीय विश्वकपमा आज सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ। लगातार चौथो जित निकाल्ने क्रममा अस्ट्रेलियाले वेस्ट इण्डिजमाथि ७ विकेटको जित हात पारेको हो। १३२ रनको लक्ष्य अस्ट्रेलियाले ३०.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। उसका लागि राचेल हाइनेसले अविजित ८३ रनको योगदान दिइन्। ९५ बलको समाना गरेकी हाइनेसले ९ चौका प्रहार गरिन्। 

बेथ मोनी २८ रनमा खविजित रहँदा एलिस पेरीले १० रन जोडिन्। वेस्ट इण्डिजका लागि हेली म्याथ्युज, शमिलिया कोनेल र चिनेल हेनरीले १/१ विकेट हात पारे। यसअघि न्युजिल्यान्डको वालिंग्टनस्थित बसिन रिजर्भमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन बनाएको थियो। 

वेस्ट इण्डिजका लागि कप्तान स्टेफनी टेलरले अर्धशतकीय पारी खेलिन्। ९१ बलको सामान गर्दै ५० रन बनाएकी उनले ३ चौका प्रहार गरिन्। शेमेन क्याम्पबेलले २० र डियन्द्रा डोटिनले १६ रन जोडे। अस्ट्रेलियाका लागि एलिस पेरी र एस्लेघ गार्डनरले ३/३, जेस जोनासेनले २ तथा मेगन स्कटले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो।

यो जितसँगै आफ्नो विजयी यात्रालाई कायम राख्दै ४ खेलमा ८ अंक जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा रहँदा पराजित वेस्ट इण्डिज समान खेलबाट ४ अंकका साथ पाँचौं स्थानमा छ।   

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×