काठमाडौँ - दक्षिण भारतीय फिल्महरु एकपछि अर्को सफलता हाँसिल गरी रहँदा बलिउड सुपरस्टार सलमान खानको भने टाउको दुख्न थालेको छ। उनले देश भर दक्षीणका फिल्म चल्न थाल्दा दक्षिण भारतमा चैँ बलिउड फिल्म किन चल्दैनन् भनि प्रश्न समेत गर्न भ्याए।
खालगरि अल्लु अर्जुन अभीनित ‘पुष्पा’ले हिन्दी भाषी दर्शकबाट मात्र सय करोड उठाएर लगेपछि दक्षिण भारतीय फिल्म र बलिउड फिल्मको तुलना हुन थालेको हो। कंगना रनावतले दक्षिणका फिल्ममा परिवार प्रेम र संस्कारको जरालाई रोचक तरिकाले प्रस्तुत गर्ने हुनाले दर्शकले रुचाएको निष्कर्ष निकालेकी थिइन् ।
सलमानले भने बलिउड फिल्मले 'हिरोइजम' छविसहितका फिल्महरु निर्माण गर्न छाडेकाले दक्षीणका फिल्मले बलिउड कब्जा गर्न थालेको टिप्पणी दिएका छन्। उनले एक कार्यक्रममा बोल्दै यस्तो प्रतिक्रिया दिएका हुन्।