भारत। दक्षिण भारतीय सुपरस्टार धनुषको आउँदो चलचित्र 'मारन' ओटीटीमा रिलीज हुने भएको छ। यो चलचित्रलाई एक ठुलो बजेटको चलचित्र बताईएको छ। चलचित्रको निर्माण पक्ष चलचित्रलाई पहिला सिनेमाघरमा प्रदर्शन गर्न चाहन्थे, तर कोरोनाको बढ्दो महामारीका कारण चलचित्रलाई ओटिटिबाट प्रदर्शनमा ल्याउने निर्णय निर्माण पक्षले गरेको छ। चलचित्र 'मारन' एक एक्शन थ्रिलर चलचित्र हो। यो चलचित्रमा धनुषले एक खोज पत्रकारको भूमिका निभाएको देख्न सकिनेछ। उनले आफ्नो करियरमा पहिलो पटक पत्रकारको भूमिका निभाउदैछन्।