नेपालले आज क्यानडाको ओन्टारियो क्लबसँग अभ्यास खेल खेल्ने

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टाेलीले आज क्यानडाकाे स्थानीय क्लब ओन्टारियाे एकेडेमीसँग अभ्यास खेल खेल्दैछ। खेल नेपाली समय अनुसार राति पाैने ९ बजेबाट किङ्ग सिटी स्टेडियममा हुनेछ।

नेपालले याे अभ्यास खेलपछि जुलाई ४ र ५ मा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय  सिरिज खेल्ने तालिका रहेको छ। क्यानडामा खेलेपछि नेपाल आइसिसी विश्वकप लिग-२ अन्तर्गत  त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ।

नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ। नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ। यस्तै, नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्नेछ।

नेपाली टोलीमा - सन्दीप लामिछाने(कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), कुशल भर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, आरिफ शेख,देव खनाल, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, सोमपाल कामी, बसिर अहमद र किशोर महतो रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×