नेपाली फिल्म ‘तिम्रो मेरो साथ’ को ट्रेल सार्वजनिक

काठमाडौँ - अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘तिम्रो मेरो साथ’ को ट्रेल सार्वजनिक भएको छ। मंगलबार काठमाडौँमा आयोजित एक समारोहमा यही पुस २९ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको २ मिनेट ५५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक भएको हो।

ट्रेलरमा फिल्मका मुख्य कलाकार पुष्प तथा साम्राज्ञीलाई प्राथमिकता दिइएको छ। ट्रेलरमा माया, प्रेम र बदलाको भावनालाई अनुभव गर्न सकिन्छ। पुष्प र साम्राज्ञीको प्रेममा तेस्रो व्यक्तिको प्रवेशले निम्त्याउने टकराबले दर्शकमाझ फिल्मका बारेमा कौतुहलता पैदा गर्ने निश्चित छ।

रमेश एमके पौडेल निर्देशित यो फिल्ममा पुष्प र साम्राज्ञीसहित सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन खबपु लगायतको मूख्य भूमिका छ। यो निर्देशक पौडेलको निर्देशकिय डेब्यू फिल्म हो। ‘तिम्रो मेरो साथ’ मा पौडेल स्वंयमको कथा, गीत र लगानी रहेको छ।

यो फिल्मलाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले मिलेर लेखेका हुन्। आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको यो फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माताका रूपमा छन्। यो फिल्मका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×