नेपाली बजारमा सोमबार सुनको मूल्य ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ६१ हजार ७०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन आइतबार सुन तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो, जसको तुलनामा सोमबार उल्लेखनीय वृद्धि देखिएको छ।
यसैबीच चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ। आइतबार तोलामा २ हजार १०५ रुपैयाँ रहेको चाँदी सोमबार बढेर प्रति तोला २ हजार २३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सुन–चाँदीको मूल्य निरन्तर बढ्दै जाँदा उपभोक्ता, लगानीकर्ता र व्यवसायीहरूबीच चासो र चिन्ता दुवै बढेको छ।
.png)
.png)
.png)
.png)
.png)
.png)


