विनिता ढकाल र डीबी खड्काको स्वरमा तीज गीत ‘तीज आयो’ सार्वजनिक

काठमाडौँ - विनिता ढकाल ‘सिम्रन’ र डीबी खड्काको स्वरमा तीजगीत ‘तीज आयो’ सार्वजनिक भएको छ। शंकर के राईको शब्द रचना रहेको गीतमा डीबी खड्काको संगीत र राजेन्द्र बजगाईंको एरेन्ज रहेको छ।

निराशाबीच आशाको सञ्चार देखिने भाव समेटिएको गीतको भिडियोमा गायिका विनिता, गायक डीबीका साथै राम भजन कामत, प्रकाश कट्टेल, सावित्री बीसी र गंगा धिमाल आचार्यले अभिनय रहेको छ। भिडियोका निर्देशन सुमन सागरजंग केसीले गरेका छन्।

प्रवेश पोखरेलले खिचेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन्। गीत रियाशा इन्टरटेनमेन्ट युट्युब च्यानलमा रिलिज गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×