काठमाडौँ। लोकप्रिय गायिका इन्दिरा जोशीको आवाज रहेको गीत 'अर्कै साथी' सार्वजनिक भएको छ। गीतमा गौतम डंगोल संदेशको शब्द रहेको छ भने रोशन सिंहको संगीत र बिशाल निरौलाको संयोजन रहेको छ। अन्जान शर्माको निर्देशन र सनम कठायतको कन्सेप्ट रहेको गीतको भिडियोमा सनम कठायत, दिया जीसी, बन्दना नेपाल र सिमरन श्रेष्ठको अभिनय रहेको छ। गीतको भिडियो 'एभेरेस्ट ग्यालेरी' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियो: