काठमाडौँ - इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटी पराजित भएको छ। ऊ घरेलु मैदानमै ब्रेन्टफोर्डसँग २-१ ले पराजित भएको हो। इतिहाद स्टेडियममा ब्रेन्टफोर्डलाई जित दिलाउन दुवै गोल इभान टोनी गर्दा सिटीका लागि फिल फोडेनले २ गोल फर्काए।
खेलको १६ औं मिनेटमा टोनीले ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको थप गरिएको समयमा फोडेनले सिटीलाई १-१ को बराबरीमा ल्याएका थिए।दोस्रो हाफको थप गरिएको समयमा टोनीले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई २-१ को रोमाञ्चक जित दिलाए।
जितसँगै १५ खेलमा १९ अंक जोडेको ब्रेन्टफोर्ड १० औं स्थानमा रहँदा पराजित सिटी १४ खेलबाट ३२ अंकका साथ दोस्रो स्थानमा रहेको छ।