सरदार उधुमलाई सर्वाधिक ७ अवार्ड

काठमाडौँ - बलिउड फिल्म नगरीकै प्रतिष्ठित अवार्डमध्यको एक फिल्म फेयर अवार्डको ६७औं संस्करण हालै सम्पन्न भएको छ। यसपटक फिल्म सरदार उधुमले सर्वाधिक ७ अवार्ड हात पारेको छ।

यस फिल्मले क्रिटिक्सतर्फको सर्वोत्कृष्ट फिल्म तथा विक्की कौशलले अभिनेतासहित पटकथा, साउन्ड डिजाइन, ब्याकग्राउन्ड स्कोर, भीएफएक्स र कस्ट्युम डिजाइनसँगै प्राविधिक विधाको अवार्ड चुमेको छ।

त्यस्तैल शेरशाह नामक फिल्म सर्वोत्कृष्ट फिल्म बनेको छ भने यही फिल्मबाट विष्णुवर्धनले निर्देशक, बी प्राकले पाश्र्व गायन, द्वन्द्व र सम्पादन गरी ५ अवार्ड चुम्दा फिल्म ८३ बाट रणवीर सिंहले अभिनेता र मिमीबाट कृति सेननले अभिनेत्री, पंकज त्रिपाठीले सहअभिनेता, मिमीबाट साई तम्हंकरले सहअभिनेत्री, चंडीगढ करे आशिकीले कथा, संदीप और पिकीं फरारले संवाद, ८३ को लहरा दो बोलको गीतले गीत र अन्तरगी रेको चकाचक बोलको गीतबाट विजय सिंहले कोरियोग्राफरको अवार्ड चुमेको छ।

सुवास घईले अचिभमेन्ट अवार्ड चुम्दा डेब्युतर्फ भने फिल्म रामप्रसादकी तहरवीबाट सीमा पाहवाले निर्देशक, ९९ संग्सबाट एहान भटले अभिनेता, बन्टी और बब्ली २ बाट शरवरी बाघले अभिनेत्रीको अवार्ड चुम्दा क्रिटिक्सतर्फ भने शेरनीबाट विद्या बालनले अभिनेत्रीको अवार्ड चुमिन्।

मुम्बईमा आयोजित अवार्ड समारोहको होस्ट अभिनेताद्वय रणवीर सिंह र अर्जुन कपुरले गरेका थिए। कटिझना कैफ, कृति सेनन, शहनाज गील, मौनी राय, दिया मिर्जालगायतले रेड कार्पेटमा क्याटवाक गरेका थिए भने मनोरञ्जनात्मक प्रस्तुतिसमेत दिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×