कतार विश्वकपमा डेनमार्कको विरोध

काठमाडौँ - डेनमार्कले आगामी विश्वकपमा आफ्नो जर्सीमार्फत विरोध प्रदर्शन गर्ने भएको छ। आयोजक कतारले आप्रवासी कामदारहरू प्रति गरेको व्यवहारको विरोधमा टोलीले जर्सीको रंगलाई मधुरो बनाएर डेनमार्कले विरोध गर्ने भएको हो।

ह्युमलले तेस्रो किटलाई पूर्णरुपमा कालो बनाएको छ जसलाई दुःखको रंग पनि भनिन्छ। ह्युमलले प्रतियोगिताका लागि संरचना निर्माणमा हजारौँ कामदारले ज्यान गुमाएको दाबी समेत गरेको छ। ‘हामी डेनमार्कको राष्ट्रिय टोलीलाई समर्थन गर्दछौँ तर आयोजना कतारलाई होइन,’ उनले भने।

कतारले कामदारको दाबी गरेका मृत्युका आँकडा दाबी गरेभन्दा निकै कम रहेको बताउँदै आएको छ। सन् २०२१ मा जारी तथ्याङ्कमा हालसम्म ३७ जनाको मृत्य भएको कतारको दाबी रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×