काठमाडौँ - लोकप्रिय पप गायिका प्रीति कौरको नयाँ गीत सार्वजनिक भएको छ। उनको 'तिमी मात्रै छौ' बोलको गीत सार्वजनिक भएको हो।
यस गीतमा गायिका कौरलाई बुलेट फ्लो (सुरेजनरसिंह विक्रम थापा)ले साथ दिएका छन्। यस गीत बुलेट फ्लोकै अफिसियल च्यानलबाट सार्वजनिक भएको हो। बुलेट फ्लोकै संगीत रहेको उक्त गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टलिङ लोकेन्द्र सुब्बाले गरेका छन् भने रञ्जित कटुवालको निर्देशन रहेको छ। यसगीतमा स्वयं गायिका कौर र गायक बुलेट फ्लोकै अभिनय रहेको छ। यस गीतको भिडियो विवेक दुलालले खिचेका छन् भने भिडियो सम्पादन लोकेन्द्र सुब्बाको रहेको छ।
हेर्नुहोस् गीत