काठमाडौँ - नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपालको दोस्रो राष्ट्रिय अधिवेशनले श्रीराम लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। काठमाडौँमा सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्ष द्वयमा तीर्थराज न्यौपाने, मञ्जु अर्याल, बैकुण्ठ मरहठा अन्तरराष्ट्रिय आयुक्त, सचिवमा हरिबहादुर श्रेष्ठ, सहसचिव दिनेश पाण्डे, कोषाध्यक्ष बाबुकाजी डङ्गोल तथा सदस्यमा मुक्तिनाथ ढकाल, जहरसिंह थापा, पार्वती गिरी, आनन्दप्रसाद गुप्ता, दिनेश केसी र राजुराज सिंह रहेका छन्।
नेपाल स्काउटको अवकाशपछि आफूले हासिल गरेको अनुभव र ज्ञानलाई सामाजिक क्षेत्रमा लगाउने अवसरको रुपमा फेलोसिप अभियान उपयोगी रहेको अध्यक्ष लामिछानेले बताए। उनले स्काउटमा आवद्ध हुन चाहनेले राजनीतिबाट अलग रही विशुद्ध सामाजिक सेवाबाट प्रेरित रहेर काम गर्नुपर्ने बताए। सो अवसरमा चालु आर्थिक वर्षको कार्यक्रम र बजेट पारित गर्नुका साथै आगामी वर्षको कार्यक्रम र योजना पनि पारित गरिएको थियो। फेसोसिप अभियानलाई अगाडि बढाउन विभिन्न व्यक्तिले आर्थिक तथा भौतिक सहयोग गर्ने वचन दिएका थिए।