काठमाडौँ - दोस्रो टी-२० खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएसँगै भारतले तीन टी-२० आइमा १-१ को बराबरी गरेको छ।
नागपुरमा शुक्रबार राति वर्षाले खेल प्रभावित हुँदा ८ ओभरको खेलाइएको थियो। ९१ रनको लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
भारतका कप्तान रोहित शर्माले सर्वाधिक ४६ रन बनाएका थिए। विराट कोहलीले ११ तथा केएल राहुलले १० रन बनाएका थिए। अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिएका थिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो। अष्ट्रेलियाका म्याथ्यु वेडले सर्वाधिक ४३ रन बनाएका थिए। यस्तै, कप्तान आरोन फिन्चले ३१ रनको योगदान गरे। भारतका अक्षर पटेलले २ विकेट लिएका थिए।
अन्तिम टी-२० आइतबार हुनेछ।