कोलकाताले तेस्रो पटक जित्यो आईपीएलको उपाधि

काटमाडौं । कोलकाता नाइट राइडर्सले तेस्रो पटक इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । गए राति राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो ।

कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो । हैदरावादले दिएको गरेको ११४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्‍यो । ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाए पनि त्यसपछि रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे। नारायण दोस्रो ओभरमा ६ रन जोड्दै क्याच आउट भए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×