काठमाडौँ। प्रकाश सपुतको आवाज रहेको गीत 'पिर' सार्वजनिक भएको छ। गीतमा सम्झना भण्डारीको अथिति आवाज रहेको छ भने गायक प्रकाश सपुतकै शब्द तथा संगीत रहेको छ। त्यसैगरि श्यामश्वेत रसाइलीको संयोजन रहेको छ।
गायक प्रकास सपुतकै निर्देशनमा तयार भएको गीतको भिडियोमा उनीसँगै, सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन, पुष्प अवस्थी, बिशाल घिमिरे र बालकलाकार प्रविष्टि वि.कको अभिनय रहेको छ। गीतको भिडियो गायक प्रकाश सपुतको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको भिडियोमा देशको व्यवस्था परिवर्तनका लागि लडेका योद्धाहरुको अवस्था र उनिहरुको कथा देखाउन खोजिएको छ।
भिडियो: