नेता भट्टराईद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

शुक्रबारदेखि राजधानीमा सुरु भएको महाधिवेशनमा उनले खसआर्यतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष उनले महाधिवेशन प्रतिनिधिसँग भेटघाट सुरु गरिसकेका छन । तनहुँको व्यास नगरपालिका–११ निवासी उहाँ विसं २०७४ मङ्सिर २१ गते प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत बनेका थिए ।

जनसम्पर्कका अगुवाका अलावा अन्य नेता कार्यकर्ताबाट समेत प्राप्त साथ र हौसलाले आफूलाई अघि बढ्न प्रेरणा मिलेको नेता भट्टराईको भनाइ छ । उनले निष्ठाको राजनीतिको वकालत गर्दै मजबुत कांग्रेस, सुदृढ लोकतन्त्र अनि न्यायपूर्ण आर्थिक विकास नारा लिएर मैदानमा उत्रने तयारी गरेको बताए ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×