मुल्यवृद्धिको विरुद्ध प्रदर्शनरत विद्यार्थीले जलाए प्रधानमन्त्री देउवाको पुत्ला

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल)मा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुका विद्यार्थीहरुले प्रदर्शन गरिरहेका थिए । प्रदर्शनका क्रममा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । पुत्ला दहन रोक्नका लागि प्रहरीले प्रदर्शनकारी विद्यार्थीमाथि लाठी प्रहार गर्नाले त्यहाँ केहीसमय झडप पनि भएको थियो । विद्यार्थीहरुले प्रहरीबाट ढुंगा प्रहार गरेका थिए ।

'मूल्यवृद्धि फिर्ता गर' लेखिएका प्लेकार्ड सहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×