काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोकको दशौं जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यमा केशव खरेलले उम्मेदवारी दिएका छन् । खरेलले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को भूगोलतर्फकाे जिल्ला कमिटी सदस्यमा उम्मेदवारी दिएका हुन्।
विसं २०४७ मा अखिल नेपाल स्वतान्त्र विद्यार्थी युनियनबाट वामपन्थी राजनीतिमा प्रवेश गरेका नेता खरेल अनेरास्ववियुको विभिन्न विद्यालयहरुमा प्राक गठनको सिलसिलामा निरन्तर सक्रिय रहेका थिए ।
काभ्रे वामपन्थी आन्दोलनमा निरन्तर क्रियाशील तथा जुझारु नेताका रुपमा परिचित खरेल विसं २०५४ को स्थानीय निर्वाचनमा तत्कालिन कुरुवास चापाखोरी गाविस, वार्ड नम्बर ३ काे वडाध्यक्षमा निर्वाचित भएका थिए।
नेता खरेलले कुरूवास चापाखाेरी गाउँ कमिटी अध्यक्षमा एक र ३ नम्बर इलाका सदस्यमा एक कार्यकाल तथा क्षेत्रीय किमटीमा रहेर दुई कार्यकाल कार्य गरिसकेका छन्
स्थानीय रुपमा अत्यन्तै मिलनसार र समाजसेवीको परिचय बनाएका खरेलले क्षेत्र नम्बर १ का क्रियाशील नेता तथा कार्यकर्ताकै सुझाव अनुसार आफूले उम्मेदवारी दिएको बताएका छन् ।