काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको सभा कक्षमा दिउँसो साढे १ बजे सुरु हुने छ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याललाई आमन्त्रित गरिएको छ। उहाँसँग देशको वर्तमान सुरक्षा अवस्था, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूबारे विस्तृत छलफल हुने समितिले जनाएको छ।
समितिले हालका नीतिगत विषय, लागू भएका प्रत्यायोजित विधायन तथा गृह प्रशासनसँग सम्बन्धित विभिन्न मुद्दामा अद्यावधिक जानकारी लिन बैठक आयोजना गरेको हो।
बैठकमार्फत आवश्यक सुझाव तथा निर्देशनसमेत प्रदान गरिने बताइएको छ।