करिम बेन्जेमालाई पिचिची अवार्ड

काठमाडौँ - स्पेनिस क्लब रियाल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई पिचिची अवार्ड प्रदान गरिएको छ।

स्पेनिस पत्रिका मार्काले गत सिजन ला लिगामा सर्वाधिक गोलकर्ता रहेका बेन्जेमालाई बुधबार राति यो ट्रफी प्रदान गरेको हो। बेन्जेमाले पहिलोपटक यो अवार्ड जितेका हुन्।

बेन्जेमाले गत सिजन ला लिगामा ३२ खेलमा २७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए। गत सिजन रियाल म्याड्रिडले कीर्तिमानी ३५औं पटक ला लिगाको उपाधि जित्दा कप्तान बेन्जेमाले उत्कृष्ट प्रदर्शन गरेका थिए।

बेन्जेमाले ला लिगा २०२१-२२ मा उत्कृष्ट खेलाडीको लागि अल्फ्रेडो डि स्टेफानो ट्रफी पनि जितेका थिए। साथै बेन्जेमाले समर्थकको मनपर्ने खेलाडीको रुपमा एमभीपी ट्रफी पनि जितेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×