एन्फा पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको सालिक पुनः अनावरण

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सालिक पुनः अनावरण गरिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार श्रेष्ठको सातौं पुण्य तिथिको अवसर पारेर अर्धकदको सालिक पुनः अनावरण गरिएको हो।

स्वर्गीय श्रेष्ठकी पत्नी निलु श्रेष्ठले सालिक पुनः अनावरण गरेकी हुन्।  

सालिक अनावरणपछि एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलगायत एन्फाका पदाधिकारी तथा फुटबलसँग सम्बन्धित व्यक्तिले फूलमाला माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरेका थिए।

थ्री स्टार क्लबका तत्कालिन अध्यक्ष समेत रहेका श्रेष्ठको भैसेपटीस्थित आफ्नै घरमा करेन्ट लागेर २०७२ साल २९ जेठमा निधन भएको थियो।

एन्फाले श्रेष्ठको सम्झनामा ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिप सञ्चालन गर्दै आएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×