काठमाडौँ । पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठजनाको मृत्यु हुनुको साथै अन्य तीनजना घाइते भएका छन्।
बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्तिमार्फत् जनाएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ।