पाल्पा - पाल्पाको निस्दी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार मुक्तबहादुर सारुले छ हजार ६५२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द अर्यालले तीन हजार ४६६ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्षमा एमालेकै तीरणकुमारी श्रेष्ठ छ हजार ६०९ मत प्राप्त गरी निर्वाचित भएका छन्। यहाँका सातवटा वडाध्यक्षमा एमालेको प्यानल विजयी भएको छ। वडा नं १ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नवीन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्तबहादुर पाटा विजयी भएका छन्। कूल १५ हजार ८५ मतदाता रहेको निस्दीमा १० हजार ५१५ मत खसेको थियो।
यसभन्दा अघि पाल्पामा पूर्वखोला, तिनाउँ, माथागढी गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ। १० पालिका रहेको जिल्लामा अन्य पालिकाको मत गणना जारी छ।