काठमाडौँ - पछिल्लो २४ घण्टामा थप ९ सय १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ४९१ जनामा परीक्षण गर्दा ९ सय १२ जनामा संक्रमण देखिएको हो। शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको मन्त्रालयले जनाएको छ।
२ हजार ९४१ पीसीआर परीक्षण गरिएकोमध्ये ५२९ जनामा र ३ हजार ५५० एन्टीजेन परीक्षण गरिएकोमा ३८३ जनामा संक्रमण देखिएको हो। यो सँगै संक्रमणदर १५ प्रतिशत पुगेको छ।
त्यस्तै, सोही अवधिमा ३ सय ७० जना संक्रमण मुक्त भएका छन्। संक्रमणका कारण १ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।