अस्ट्रेलियाविरुद्धको टी-२० शृंखला इङ्ल्यान्डलाई

काठमाडौँ - पाहुना टोली इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्धको टी-२० शृंखला जितेको छ। बुधबार भएको दोस्रो खेलमा घरेलु टोली अस्ट्रेलियालाई ८ रनले हराउँदै इङ्ल्यान्डले १ खेल अगावै शृंखला जितेको हो। इङ्ल्यान्डले ३ खेलको शृंखलामा २-० को अग्रता पनि बनाएको छ।

१ सय ७९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन मात्रै बनाउन सक्यो। अस्ट्रेलियाका मिचेल मार्सले सर्वाधिक ४५ रन बनाएका थिए।

यस्तै टिम डेविडले ४०, मार्कस स्टोइनिक्सले २२, प्याट कुमिन्सले १८, कप्तान एरोन फिन्चले १३ र म्याथु वेडले १० रन बनाएका थिए। इङ्ल्यान्डका साम कुरानले ३ विकेट लिएका थिए। यस्तै बेन स्टोक्स, डेविड विले र रिस टोप्लेले १/१ विकेट हात पारेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो।

इङ्ल्यान्डका डेविड मलानले ८२ रनको अर्धशतकीय पालि खेलेका थिए। यस्तै मोइन अलीले ४४ र जस बटलरले १७ रन बनाएका थिए। अस्ट्रेलियाका मार्कस स्टोइनिक्सले ३ विकेट लिएका थिए। यस्तै एडम जाम्पाले २ तथा मिचेल स्टार्क र प्याट कमिन्सले १/१ विकेट हात पारेका थिए। पहिलो खेलमा इङ्ल्यान्ड ८ रनले नै विजयी भएको थियो। तेस्रो खेल शुक्रबार हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×