तुलसीपुरबाट ब्राउन सुगरसहित पाँच पक्राउ

दाङ। दाङको तुलसीपुरबाट ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुई दिनको अवधिमा तीन महिला र दुई पुरुषलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ निवासी १९ वर्षीया  मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर–६  बरुवागाउँका २९ वर्षीया रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर–७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन्। उनीहरूको साथबाट पाँच ग्राम ७१० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×