काठमाडौँ - जात्राका सिरिज मार्फत आफ्नो कार्यकौशल दर्शकमाझ पुष्टि गरिसकेका निर्देशक प्रदीप भट्टराई आफ्नो नयाँ फिल्मको छायांकनको तायारीमा जुटेका छन्। उनले फिल्मको स्क्रिप्टको काम सकिसकेको र छायांकन यही बैशाख तेस्रो साताबाट सुरु गर्ने जानकारी दिएका छन्।
हाललाई फिल्मको नाम नखुलाए पनि निर्देशक भट्टराईले फिल्मको नाम सहित सम्पूर्ण टिमको परिचय यसै साता गराउने जानकारी दिएका छन्। उनले फिल्म सार्वजनिक गर्ने मिति तय गर्न समेत छलफल भइरहेको जानकारी गराए। जात्रा मार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका शत्रु गते र जात्रै जात्रालाई पनि दर्शकले रुचाइसकेका कारण पनि आउँदो फिल्ममा झनै जिम्मेवारी थपिएको उनले बताए।
उनले दिएको जानकारी अनुसार उनले चलचित्र विकास बोर्डमा समेत टाइटल दर्ता गराइ सकेका छन्।