तापसी पन्नूको 'लूप लपेटा'को टिजर सार्वजनिक

भारत। बलिउड अभिनेत्री तापसी पन्नूले आफ्नो आउँदो चलचित्र ' लूप लपेटा'को टिजर सार्वजनिक गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत चलचित्रको टिजर सार्वजनिक गरेकी हुन्। यो एक जर्मन चलचित्र 'रन लोला रन'को आधिकारिक हिन्दी रिमेक हो। अभिनेत्री तापसीले सञ्जालमा एनिमेटेड टिजर शेयर गर्दै लेखेकी छिन् "समय बितिरहेको छ। र यो समय आउनेवाला छ। चलचित्र प्रदर्शनमा आउने पर्खाइमा बस्न सक्दिन।" चलचित्रको निर्देशन आकाश भाटियाले गरेका हुन्। चलचित्र ओटिटि प्ल्याटफर्म नेटफ्लिक्सबाट प्रदर्शनमा आउनेछ।
टिजर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×