'रेड नोटिस' बन्यो सर्वाधिक हेरिएको चलचित्र

अमेरिका। हलिउड चलचित्र 'रेड नोटिस'ले सबै रेकर्डहरू तोडेको छ। नेटफ्लिक्समा आएको यो चलचित्र दुनियाभरिका दर्शकहरुले मनपराएका छन्। यो चलचित्र स्ट्रीमिंग प्ल्याटफर्मको इतिहासमा सबैभन्दा धेरै हेरिएको चलचित्र बनेको छ। ड्वेन जनसन, गैल गैडोट र रयान रेनल्ड्स अभिनित चलचित्र 'रेड नोटिस' एक्शन-कमेडी चलचित्र हो। करिब १४९० करोडको लगानीमा बनेको चलचित्र अहिले सम्मकै महँगो नेटफ्लिक्स ओरीजनल चलचित्र हो। यो चलचित्रका लागि ड्वेन जनसन र गैल गैडोटले २ करोड डलर पारिश्रमिक बुझेका छन्। चलचित्रको कुल भ्युज ३२८ मिलियन घण्टा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×