काठमाडौँ - आज बिहान ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ। आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको स्रोतले जनाएको छ।
शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आज बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने छ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
अहिले माओवादी केन्द्रका शीर्ष नेताको बैठक खुमलटारमा बसिरहेको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्व स्थायी समिति सदस्य र केही केन्द्रीय नेता सहभागी रहेको छ।