काठमाडौँ। लोकप्रिय नेपाली र्यापर आशिष् राना 'लाहुरे'लाई पोखराबाट गिरफ्तार गरिएको छ। उनलाई लागूऔषध मामिलामा गिरफ्तार गरिएको हो। खबरका अनुसार ब्राउन सुगर खरिद गर्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले बुधबार राती उनलाई पक्राउ गरेको जनाएका छन्।
एसपी थापाले भने- "लाउरेलाई ब्राउन सुगर खरिद-बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेका हौँ। उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने छौँ।" प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको जानकारी दिएको छ।