काठमाडौँ - तीव्र गतिका बलर मोहम्मद शामीलाई भारतले आइतबारदेखि अष्ट्रेलियामा सुरु हुने टि-२० विश्वकपको लागि टोलीमा बोलाएको छ। तीव्र गतिका बलर जस्प्रित बुमराह ब्याक इन्जुरीको कारण विश्वकप गुमाउने भएपछि उनको स्थानमा भारतले शामीलाई बोलाएको हो।
यद्यपी शामीले गत वर्ष विश्वकपपछि भारतीय टोलीबाट टि-२० आई खेल भनेका खेलेका छैनन्। ३२ वर्षीय शामीले १७ खेलमा १८ विकेट लिएका छन्। तीव्र गतिका बलर मोहम्मद शामी पछिल्लो समय कोरोना देखिएपछि अष्ट्रेलिया र दक्षिण अफ्रिका सिरिज गुमाएका थिए।
बुमराह घाइते भएपछि भारत अनुभवी बलरनै राखेको हो। भारतको वैकल्पिक सूचिमा शामी थिए। भारतीय तीव्र गतिका बलरमा भुवनेश्वर कुमार, शामी, हर्षल पटेल र अर्शदीपसिंह छन्। गतवर्ष गुजरात टाइटन्सलाई च्याम्पियन बनाउन शामीले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिएका थिए।
उनले नयाँ बलका साथ पावर प्लेमा उत्कृष्ट प्रदर्शन गरेका थिए। डेथ ओभरमा हर्षल र अर्शदीप हुनेछन्। भुवनेश्वर कुमारको प्रदर्शन राम्रो हुन नसक्दा शामी नयाँ बलका साथ पावर प्लेमा बलिङ गर्ने देखिन्छ।
बुमराह गम्भीर किसिमको ब्याक इन्जुरीको कारण टि-२० विश्वकप गुमाएका हुन्। भारतले सन् २००७ को पहिलो संस्करणको टि-२० विश्वकप उपाधि जितेको थियो। महेन्द्रसिंह धोनीको कप्तानीमा त्यो समय विश्वकप जित्दाका सदस्य रोहित शर्मा र दीनेश कार्तिक अहिले पनि टोलीमा छन्।
त्यसपछि भारतले २०१४ को टि-२० विश्वकपमा विश्वकपको फाइनलमा पुगेको थियो। फाइनलमा भने श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। २०१६ को टि-२० विश्वकपमा घरेलु टोली भारत सेमिफाइनलमा वेस्टइन्डिजसँग पराजित हुँदै बाहिरिएको थियो।
सिरिजमा सानदार प्रदर्शन गर्दै आएपनि ठूला प्रतियोगितामा भारत लगातार चुक्दै आएको छ। टि-२० विश्वकप आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ। पहिलो चरणबाट सुपर १२ मा समूहका शीर्ष २-२ टोली पुग्नेछन्।
भारतले वार्मअप खेलमा १७ अक्टोबरमा अष्ट्रेलिया र १९ अक्टोबरमा न्युजिल्यान्डसँग खेल्नेछ। २३ अक्टोबरमा पाकिस्तानसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ।
भारतको विश्वकप खेल्ने टोली :
रोहित शर्मा (कप्तान), लोकेश राहुल(उप-कप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, मोहम्मद शामी, हर्षल पटेल र अर्शदीप सिंह।
पहिलो चरणको समूह ए - श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स
समूह बी - वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे
सुपर १२ को समूह १ - इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता
सुपर १२ को समूह २ - भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता