अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिँदै नेदरल्याण्ड्सका कप्तान

काठमाडौँ - नेदरल्याण्ड्स राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पिटर सीलारले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्। नेदरल्याण्ड्स क्रिकेटले कप्तान सीलारले संन्यास घोषणा गरेको जनाएकाे हाे।

पछिल्लो समय देखिएकाे ढाडको चोटको कारण उनले संन्यास लिएको जनाएको छ। ३४ वर्षीय अलराउन्डर सिलारले नेदरल्याण्ड्सका लागि ५७ एकदिवसीय र ७७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

सन् २००६ मा श्रीलंकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करिअरकाे सुरुवात गरेका उनले भर्खरै इंग्ल्याण्डविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए।

उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३२२ रन बनाउनुका साथै ५५ विकेट लिएका थिए। सन् २००८ मा केन्याविरुद्धको खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सीलारले गत वर्ष श्रीलंकाविरुद्ध अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए।

उनले टी-२० अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित ५९१ रन बनाउनुका साथै ५८ विकेट लिएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×